We use cookies to personalise content and ads, to provide social media features and to analyse our traffic. Read more…
काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोक

kavrepalanchok, Dhulikhel, 45210, Nepal

Get Directions

Add phone number

Add link to website

Categories
Work hours Add information
About Welcome to our home district :) LIKE & Share This
Page if you LIKE it . ✔ Help us for Grow . Like ✔
Tag ✔ Share ✔ * Stay With Us
काभ्रेपलाञ्चोक cover
Description देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४’ देखि ८५०४९’ पूर्वी देशान्तर र २७०२१’ देखि २७०८५’उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।

समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ ।

Similar places nearby