We use cookies to personalise content and ads, to provide social media features and to analyse our traffic. Read more…
Friday
30
MAR

Budhani: A Tharu Folktale

13:00
15:00
Quixote's Cove
Event organized by Quixote's Cove

Get Directions

Category
#var:page_name# cover

अमेरिकी दूतावासको बुक बस र सृजनालयको ’Art Works! सँगै खेलौं’ कार्यक्रमको तर्फबाट येही आउँदो चैत्र १६ देखि चैत २१ गते सम्म श्री बाल जनता मा वि दाङमा विभिन्न शैक्षिक कार्यक्रम आयोजना गरिँदैछ ।

The U.S. Embassy's Book Bus and Srijanalaya's 'Art Works! Sangai Khelau' are putting up a play based on a Tharu folktale and organizing different workshops on art education for teachers and community members at Shree Bal Janata Secondary School, Dang from March 30 to April 4, 2018. The event is free for everyone, to sign up for the workshops email us at: bookbusnepal@gmail.com

Program Schedule:

Chaitra 16 (March 30) - 1 PM to 3 PM
Drama: Budhani

Chaitra 17 (March 31) - 1 PM to 3 PM
Drama: Budhani

Chaitra 18 to 20 (April 1 to 3) –
11 AM to 1 PM: Workshop
1 PM to 1:30 PM: Lunch Break
1:30 PM to 3:00 PM: Workshop
3:00 PM to 3:30 PM: Workshop Feedback

Chaitra 21 (April 4) – 11 AM onwards
Performances by participants

कार्यक्रम बारे :

यस पटक दाङमा ६ दिनको कार्यक्रम लिएर आएका छौं । पहिलो २ दिन (चैत्र १६ र १७ गते, 1 बजे) थारु लोक कथामा आधारित नाटक बुधनी प्रस्तुत गरिनेछ भने अर्को ३ दिन Arts Works! सँगै खेलौं र बुक बस मिलेर कलाका कार्यशालाहरु चलाइनेछ र अन्तिम दिन कार्यशालामा भाग लिनुभएका साथीहरुद्वारा सिकेका कुराहरु प्रस्तुत गरिनेछन् । यस कार्यशालालाई मुख्य रुपले शिक्षक तथा १० कक्षा सकिसकेका विद्यार्थीहरुलाइ लक्षित गरि बनाईएको हुँदा तपाईको सहभागीताको लागि अनुरोध गर्दछौं ।

आयोजक बारे :

सृजनालयले शिक्षा फाउन्डेसन नेपालसँग आवद्ध भएर विगत तीन वर्ष देखि देशका विभिन्न स्थानहरुमा कला शिक्षा (कलाद्वारा दिईने शिक्षा), स्थानीय कला र संस्कृतिको प्रवद्र्वनको लागि “Art Works! सँगै खेलौं” नामक कार्यक्रम संचालन गर्दै आएको छ । सृजनालयले विभिन्न कला (चित्रकला, नृत्य, नाट्य, ,संगीत, कविता)को माध्यमबाट विद्यार्थी एवम शिक्षकहरुलाई विभिन्न किसिमको कार्यशाला दिने काम गर्दै आएको छ । यस संस्करणमा सृजनालयले एक्टर्स स्टुडियोसँग आवद्ध भइ निर्देशक अनुप बराल द्वारा निर्देशित थारु लोक कथामा आधारित नाटक “बुधनी” प्रस्तुत हुन गईरहेको छ । यस नाटकलाई कृष्ण सर्वहारीको थारु लोक कथा(१) बाट साभार गरिएको हो ।

अमेरिकी दूतावासको आर्थिक सहयोगमा सतोरी सेन्टर फर द आर्ट्सबाट संचालित बुक बस एउटा घुम्ति पुस्तकालय हो । विभिन्न किताबहरुका साथै कला सामाग्रिहरु, ल्यापटप, आई प्याड, प्रोजेक्टर जस्ता सामाग्रीहरुले सु-सजित यस पुस्तकालयबाट विद्यार्थी एवम शिक्षक र शिक्षिकाहरुका लागि विभिन्न कार्यशालाहरु संचालन गरिनेछ ।