We use cookies to personalise content and ads, to provide social media features and to analyse our traffic. Read more…
westernnepal.com

westernnepal.com

Birendranagar, Surkhet, Nepal

Get Directions

Add phone number

Add link to website

Categories
Work hours Add information
About खोज, संरक्षण र पर्यटनलाई संगसंगै लादै मध्यपश्चिम निर्माणको एउटा नयाँ प्रयास ।
westernnepal.com cover
Mission खोज, संरक्षण र पर्यटनलाई संगसंगैलादै मध्यपश्चिम नेपाल निर्माणको एक नयाँ प्रयास
Description Stop Planning, Start Traveling. पहिला देश अनि विदेश । – नेपाल पर्यटन बोर्ड
.
.
.
.
.
.
.
.
.
.

यो नेपाल पर्यटन बोर्डको भनाई हो । कुरो पनि सही हो । हामीलाई आफ्नो घरको बारेमा थाहा छैन, यसलाई व्यवस्थित गर्नतर्फ लागेका छैनौँ, तरपनि हामी अरुको घरआगन घुम्न जान्छौ । जहाँ हाम्रो कुनै मान, सभ्यता हँुदैन । कसैले हाम्रो विस्तृत परिचय सुन्न चाहन्न ।

भनाईमा मात्र देशप्रतिको माया देखाउने हामी, अरुको सभ्यताका गुलाम बनि सभ्य खुटिन्छौ । पुर्खाले कमाएको सम्पत्ति र नामैमा हामी छाति फुल्याउँदै हिड्ने गरेका छौ । तर, काममा भने शुन्य छौँ ।

नेपाल, वीर गोर्खालीको नामले परिचित, तर कतिपयले सगरमाथाको देश भनेर पनि चिन्नेगर्छन् । सम्पदा, जो हाम्रो देशमा अवस्थित छन् । जसले हामीलाई संसारमै परिचित बनाए, शिर ठाडो बनाए । तर आजको समयमा हामीले यस्ता सम्पदाहरुको प्रचारप्रसार, सही व्यवस्थापन तथा सही संरक्षण गर्न सकिरहेका छैनौँ । देशमा दिनहँु बन्द, हड्ताल, चक्काजाम हुने गर्छ ।

देशको स्थिति अहिले यस्तो छ । समस्याहरु धेरै भएतापनि प्रमुख रुपमा बेरोजगारी समस्यानै देखापरेको छ । जो दिनप्रतिदिन बढ्दै गईरहेको पनि छ । अझैपनि हामी, सरकारले केही गरेन भन्छाँै । बच्चाको आमालाई पनि थाहा हुँदैन कि बच्चालाई भोक लाग्यो भनेर । बच्चाले आफ्नो आमालाई बरु रोएरै भोकलागेको जानकारी किन दिन नपरोस् । अनि मात्र आमालाई पनि थाहा हुन्छ कि, समयमै केही खुवाउनुप¥यो ।

यो भनेर मैले देशमा बेरोजगारी समस्या छ भनी सरकारलाई जानकारी नभएको भन्न खोजेको होईन । लाटोलेझै केरा कसबेला पाक्ला अनि खाउला भनि हेर्नु भएन, भन्न मात्र खोजेको हुँ । केरा खानुनै छ, औषधी राख्नेकी खातमा हाल्ने, यो सोच्ने र गर्ने विषय हो । राज्यलाई दोष नदिई यदि हामी आफैले आ–आफ्नो स्थानबाट अधिक तथा नौला प्रयासहरुको थालनी ग¥यौँ भने सायद सरकार बाध्य हुनेछ, केही गर्नको लागि ।

देशमा यही बेरोजगारी समस्यालाई अंगाली केही दलालहरुकै कारण पनि भष्ट्राचार मौलाएको छ । सायद योग्यता भन्दा बढिको आसा गर्ने हाम्रो बानीका कारण पनि देशको यो स्थिति भएको हुनसक्छ । जसका कारण अहिले हामीलाई हाम्रो योग्यता अनुरुपको जागिर पाउन पनि मुस्किल परिरहेको छ । घुसबिना, जिवनयापन योग्य जागिर पाउन असम्भव हुनथालिसक्यो । जसकारण विदेशमा कतिपयले भाँडा माझेर हात कुहाउँदै नेपालमा आफ्नी श्रीमतीको हातमा मेहेन्दी लगाउने गर्छ
Founded Punam B.C. www.punambc.blogspot.com